ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण – Nepal Press

ए डिभिजन लिगका लागि कतार एयरवेजसँग सम्झौता नवीकरण

काठमाडौं । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार एयरवेजबीच सम्झौता नवीकरण भएको छ । बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मलेनको आयोजना गर्दै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद एल इमामले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजनको सम्झौता गरेको हो । २०७६ सालमा भएको लिगको अन्तिम संस्करणको समेत प्रायोजक रहेको कतार एयरवेजले आगामी सिजनमा पनि सम्झौता गर्ने बताएको छ । कोरोना भाइरसको महामारीका कारण २०७६ सालपछि हुन नसकेको शहीद स्मारक लिग शुक्रबारदेखि सुरु हुँदैछ ।

बुधबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै एन्फा अध्यक्ष शेर्पाले सबै स्तरका लिगलाई अझै बलियो बनाउन कतार एयरले स्पोन्सर गर्नुपर्छ भन्ने प्रस्ताव कतार फुटबल संघसमक्ष राखेको बताए ।

‘यो सम्झौता नवीकरणसँगै आगामी समयमा रकम वृद्धि गर्ने आश्वासन पनि हामीलाई दिनु भएको छ,’ उनले भने, ‘गर्त वर्ष पनि लिग आयोजना भएको भए यसपाली प्रायोजन रकम बढ्थ्यो । तर, आयोजना नभएकाले बढेन । अर्को वर्ष बढ्नेमा आशावादी छौं ।’

यस्तै, एयरवेजका कन्ट्री म्यानेजर एल इमामले एन्फासँगको सम्झौता पेरिस सेन्ट जर्मन र बायर्न म्युनिखसँग जस्तै सम्झौता हो । फुटबलको विकास गर्ने कतार एयरवेजको प्रमुख लक्ष्य रहेको बताउँदै उनले यो सम्झौताबाट खुसी लागेको जानकारी दिए ।

कतार एयरवेजले लिग सञ्चालनको प्रायोजन स्वरुप एन्फालाई १ करोढ ५० लाखभन्दा बढी रकम दिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *