अमेरिकी सहायक उप-विदेशमन्त्री किडरलिङ पनि भोलि काठमाडौं आउँदै – Nepal Press

अमेरिकी सहायक उप-विदेशमन्त्री किडरलिङ पनि भोलि काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज बेलुका काठमाडौं भ्रमणमा आउँदैछन् । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक उप-विदेशमन्त्री केल्ली किडरलिङ पनि भोलि काठमाडौं आउने भएकी छिन् ।

अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै सहायक उपविदेशमन्त्री किडरलिङ बिहीबार काठमाडौं आउन लागेको जनाएको छ । उनले नेपाली अधिकारी र नागरिक समाजका अगुवालाई भेट्ने उल्लेख छ ।

सहायक विदेशमन्त्री लूले चाहिँ बिहीबारदेखि उच्चस्तरीय भेटघाट सुरु गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित वर्तमान मन्त्रिपरिषद्का अन्य सदस्यलाई सहायक विदेशमन्त्री लूले भेट्ने जनाइएको छ ।

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुग्नु ठीकअघि दुई अमेरिकी अधिकारीले नेपाल भ्रमण सुुरु गर्न लागेका हुन् । कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरणजस्ता मुद्दामा उनीहरुबीच छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर