आन्दोलनकारी वकिलसँग परामर्श गर्दै असन्तुष्ट न्यायाधीश – Nepal Press

आन्दोलनकारी वकिलसँग परामर्श गर्दै असन्तुष्ट न्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको पक्षमा रहेका सर्वोच्च अदालतका न्यायाधीशहरूले आन्दोलनरत कानून व्यवसायीसँग परामर्श थालेका छन् ।

प्रधानन्यायाधीश राणाले आज विज्ञप्ति जारी गर्दै संवादका लागि आह्वान गरेलगत्तै असन्तुष्ट न्यायाधीशहरूले आन्दोलनरत नेपाल बार एशोसियसन र सर्वोच्च बारका पदाधिकारीसँग परामर्श गरेका हुन् । उनीहरूबीच न्यायालयभित्र देखिएको समस्या समाधानबारे छलफल भएको बताइएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका छन् भने बार एशोसियसनले धर्ना र प्रदर्शन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर