एमाले महाधिवेशन प्रचार आक्रामक तर कागजविहीन हुने – Nepal Press

एमाले महाधिवेशन प्रचार आक्रामक तर कागजविहीन हुने

काठमाडौं । नेकपा (एमाले)ले १० औं महाधिवेशनको आक्रामक प्रचार गर्ने भएको छ । तर ती सबै प्रचार कागजविहीन अर्थात् डिजिटल हुने छन् ।

शुक्रबार च्यासलमा आयोजित महाधिवेशनको लोगो सार्वजनिक कार्यक्रममा प्रचार विभाग प्रमुख योगेश भट्टराईले यस पटकको महाधिवेशनमा पोष्टर टाँस्ने र भित्तेलेखन नगरिने बताए।

महाधिवेशन केन्द्रित धेरै प्रचार डिजिटल हुने उनको भनाइ छ । सोसल मिडिया, डिजिटल मिडिया, डिजिटल डिस्प्ले र ठूला होर्डिङ बोर्डमार्फत् गरिने भट्टराईले जानकारी दिए।

त्यस्तै ७ सय ५३ पालिकाहरुमा महाधिवेशन केन्द्रित छलफल, गोष्ठी, अन्तरक्रिया, सेमिनारलगायतका कार्यक्रम आयोजनामा हुनेछन् ।

एमालेको बुद्धिजिवी परिषद्ले काठमाडौं, चितवन र प्रदेशका राजधानी केन्द्रित ठूला अन्तरक्रिया कार्यक्रम पनि गर्ने छ।

त्यस्तै मंसिर ७ गते सबै जिल्ला र प्रमुख नगरहरुमा मोटर साइकल र्याली आयोजना हुने छ।

सबै राजमार्ग र अन्य साहायक मार्गहरुमा स्वागत द्वार राखिने भएको छ । वडा कमिटी देखि सबै कमिटी र जनवर्गीय संगठले आआफ्ना ठाउँमा स्वागत द्वार बनाउने छन् । त्यो ७ , ८ र ९ गते भित्र बनाइसक्नुपर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर