सिटौलाको प्रष्टोक्ति- महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन (भिडिओ) – Nepal Press

सिटौलाको प्रष्टोक्ति- महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुँदैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने प्रष्ट्याएका छन् ।

नेता सिटौलाले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न नेता/कार्यकर्तालाई आह्वान गरे ।

बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा गर्न र पार्टीलाई सम्पूर्ण रूपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भइ अघि बढ्न नेता-कार्यकर्तालाई सफलता मिलोस् भनी कामना गरे । सिटौलाले भने’,‘कात्तिक २७ गतेबाट बाँकी रहेका वडा अधिवेशन सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रीय पदाधिकारी निर्वाचित गर्नुछ । अत्यन्तै साँघुरो यो कार्यतालिका एक दिन पनि परिवर्तन हुन सक्दैन ।’

उनले अधिवेशनमार्फत आन्तरिक लोकतन्त्रको अभ्यास दिल खोलेर गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र सम्पूर्ण एकता निर्माण गरेर पनि देशप्रति समर्पित पार्टीको रूपमा नेपाली कांग्रेसलाई उभ्याउनुपर्ने सिटौलाको भनाइ थयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर