सल्यान बस दुर्घटनामा मृतकमध्ये ८ यात्रुको पहिचान खुल्यो (सूचीसहित) – Nepal Press

सल्यान बस दुर्घटनामा मृतकमध्ये ८ यात्रुको पहिचान खुल्यो (सूचीसहित)

दाङ । सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा. १ ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुने १२ जनामध्ये ८ यात्रुको नाम-ठेगाना खुलेको छ ।

आइतबार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा सडकबाट करिब २ सय मिटर खसेको थियो । बसमा ३० यात्रु सवार थिए ।

मृतकहरूमध्ये सल्यान शारदा नगरपालिका-१२ कि ५३ वर्षीया प्रभा चलाउने, शारदा-२ की ६१ वर्षीया मिना डाँगी, शारदा-३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी-१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङ बबई गाउँपालिका-४ बस्ने ६० वर्षीया डुली रेउले, बबई-६ पन्चकुले बस्ने ७० वर्षीया कलावती बुढाथोकी, घोराही नारायनपुर बस्ने ६५ वर्षीया ईन्द्रा अधिकारी र सल्यान छत्रेश्वरी-२ का २९ वर्षीय तिलक ओली रहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *