जीएमई पेको लाइसेन्स खारेज – Nepal Press

जीएमई पेको लाइसेन्स खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक जीएमई पेको अनुमतिपत्र खारेज गरेको छ । जीएमई पे प्रालिलाई २०७७ असोज २२ गते भुक्तानी सेवा प्रदान गर्न अनुमति प्रदान गरिएको थियो ।

भुक्तानी तथा फच्छर्यौट विनियमावली २०७७ को विनियमको उपविनियम १ को ‘क’ को व्यवस्था बमोजिम उक्त संस्थालाई दिएको अनुमति पत्र खारेज गरिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *