न्यायाधीशको वार्ता टोलीले राणालाई भेट्यो, ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अफवाह मात्रै ! – Nepal Press

न्यायाधीशको वार्ता टोलीले राणालाई भेट्यो, ‘सम्मानजनक बहिर्गमन’ को प्रस्ताव अफवाह मात्रै !

काठमाडौं । प्रधानन्यायाधीशले ‘सम्मानजनक बहिर्गमन’ का लागि सन्देश पठाएको भन्दै हिजो न्यायाधीशहरूले वार्ता टोली गठन गरे । तर, प्रधानन्यायाधीशबाट त्यस्तो कुनै सन्देश नपठाइएको खुलासा भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै एक सातादेखि न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए । यसैबीच हिजो न्यायाधीशहरूको बैठकमा प्रधानन्यायाधीशबाट सम्मानजनक बहिर्गमनको प्रस्ताव आएको चर्चा चल्यो र त्यही समाचार मिडियामा प्रवाह गराइयो । तर, प्रधानन्यायाधीश राणाले भने यस्ता कुनै सन्देश नपठाएको स्रोतले बताएको छ ।

राणालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले ग्रेसफुल एक्जिटका लागि खबर गरेको छैन । यो मेरो स्वविवेकीय कुरा हो, अरुले दिने अधिकार होइन । म विधि र प्रक्रियाभन्दा बाहिर जान्न ।’

स्रोतका अनुसार न्यायाधीशहरूको वार्ता टोलीले हिजै प्रधानन्यायधीसलाई भेटेको थियो । उक्त भेट वार्ता टोलीले केही दिन इजलासमा नबस्न आग्रह गरेका थिए । त्यसमा भने राणाले सकारात्मक रेस्पोन्स गरेका छन् । उनले आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा स्थगित गरे ।

संवादहिनताको अन्त्य गर्नका लागि राणाले लचकता देखाएको भए पनि उनी सर्तसहित वार्ता गर्न भने तयार नरहेको स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर