नेपाल आइपुगे प्रशिक्षक अब्दुल्लाह (तस्वीरहरू) – Nepal Press

नेपाल आइपुगे प्रशिक्षक अब्दुल्लाह (तस्वीरहरू)

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिपको तयारीका लागि गत असोजमा नेपाली टोलीभन्दा अगाडि नै अब्दुल्लाह कतार पुगेका थिए ।

उतैबाट माल्दिभ्स पुगेका साफ च्याम्पियनसिप खेलाएका अब्दुल्लाहले नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका थिए ।

साफ च्याम्पियनसिप सकिनुअघि नेपाल नफर्किने घोषणा गरेका अब्दुल्लाहले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शर्पा र कतार फुटबल संघसँगको वार्तापछि नेपाल आउने निर्णय गरेका हुन् ।

जसअनुसार उनी आज कतार एयरवेजमार्फत साँझ ७:५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अब्दुल्लाहलाई एन्फाका पदाधिकारीले विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।






तस्वीरहरू: उमेश कार्की/नेपालप्रेस

प्रतिक्रिया

One thought on “नेपाल आइपुगे प्रशिक्षक अब्दुल्लाह (तस्वीरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *