सशस्त्र प्रहरीको प्रवक्ता फेरीए, अर्यालको ठाउँमा श्रेष्ठ – Nepal Press

सशस्त्र प्रहरीको प्रवक्ता फेरीए, अर्यालको ठाउँमा श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता फेरिएका छन् । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) राजु अर्यालले बुधबार एक कार्यक्रमकाबीच डीआईजीपी मन्दिप श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी सुम्पिए ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा डीआईजीपी अर्यालले प्रवक्ताको जिम्मेवारी निर्वाहको क्रममा सञ्चारमाध्यम, सञ्चारकर्मी, विभिन्न संघसंस्था तथा निकायका विशिष्ट व्यक्तिबाट प्राप्त भएको सहयोगप्रति हार्दिक आभार प्रकट गरेका छन् ।

अर्यालले यसअघि प्रवाह गर्दै आएको सङ्गठनसँग सम्बन्धित सूचना तथा जानकारी, सङ्गठनको कार्यक्षेत्र भित्रका समाचार तथा सङ्गठनबाट सम्पादन भएका जनसरोकारका विषय लगायतका विभिन्न सूचना अबदेखि श्रेष्ठले प्रवाह गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर