एसिडपीडित मुस्कानलाई प्रदेश २ सरकारको थप उपचार सहयोग – Nepal Press

एसिडपीडित मुस्कानलाई प्रदेश २ सरकारको थप उपचार सहयोग

जनकपुरधाम । पर्सा वीरगञ्जकी एसिडपीडित मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश २ सरकारले थप ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले थप उपचारको पर्खाइमा रहेकी मुस्कानलाई थप खर्च दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

२०७६ भदौ २० गते विद्यालय हिँडेकी मुस्कानलाई दुई किशोरले एसिड प्रहार गरेका थिए । उनको उपचारका लागि प्रदेश सरकारले यसअघि ५ लाख सहयोग गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *