चितवनका स्थानीय तहको एमाले नेतृत्वमा अधिकांश पुरानै आकांक्षी (सूचीसहित) – Nepal Press

चितवनका स्थानीय तहको एमाले नेतृत्वमा अधिकांश पुरानै आकांक्षी (सूचीसहित)

चितवन । चितवनका सात स्थानीय तहमा नेतृत्वमा पुग्न एमालेका नेताहरू सक्रिय बनेका छन् ।

चितवन एमालेले कात्तिक ९ गते ६ स्थानीय तह र १३ गते भरतपुर महानगर कमिटीको अधिवेशन गर्दैछ । महानगरमा १ सय १, नगरमा ८५ र गाउँपालिकामा ७५ सदस्यीय पालिकास्तरको कमिटी गठन हुँदैछ । हरेक पालिकामा एक/एक जना अध्यक्ष र सचिव, २ जना उपसचिव चयन हुनेछन । वडाअधिवेशन जस्तै सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरूले पहल गरिरहेका छन् ।

नेतृत्वको दौडमा अधिकाँश पुराना नेता छन् । अन्य आकांक्षीलाई व्यवस्थापन गरेर नेतृत्व लिन उनीहरू सक्रिय भएका हुन् । भरतपुर महानगरबाहेक अन्य सबैमा वर्तमान अध्यक्षहरु नै आकांक्षी देखिएका छन् ।

महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने जिल्ला अध्यक्षको दौडमा छन् । उनले महानगर कमिटीमा चासो नदेखाएका कारण शंकर थपलिया र प्रल्हाद प्रधानले आकंक्षा देखाएका छन् । थपलिया अहिले महागर कमिटी सचिव र प्रधान जिल्ला सदस्य हुन् ।

माडीमा वर्तमान कार्यवाहक अध्यक्ष रेशमलाल आचार्य र जिल्ला सदस्य श्रीप्रसाद दवाडी अध्यक्ष बन्ने दौडमा छन् । इच्छाकामना गाउँपालिकामा वर्तमान अध्यक्ष कृष्ण सिलवाल अध्यक्ष बन्दैछन् । यहाँ अन्य अध्यक्षका आकांक्षी देखा परेका छैनन् ।

पूर्वीचितवनका ४ नगरपालिका मध्ये रत्ननगर, राप्ती र कालिकामा २-२ जनाको नाम चर्चामा छ । खैरहनीमा वर्तमान अध्यक्ष पूर्णप्रसाद डल्लाकोटीमात्र अध्यक्ष पदका लागि चर्चामा छन् ।

रत्ननगरमा वर्तमान अध्यक्ष इश्वर अर्याल, जिल्ला सदस्य किशोरबाबु पुरीको नाम चर्चामा छ । राप्तीमा वर्तमान अध्यक्ष पूर्ण थापा र पूर्व अध्यक्ष सिताराम बलको नाम चर्चामा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर