चीनले नेपाललाई थप २० लाख खोप अनुदान दिने घोषणा


काठमाडौं । जनवादी गणतन्त्र चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । नेपाली समकक्षी डा.नारायण खड्कासँग चीनिया विदेश मन्त्री वाङ यीको भर्चुअल वार्तापछि चीनिया राजदूत होउ यान्छीले सो जानकारी दिएकी हुन् ।फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
२० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ ।
सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विदेशमन्त्री यीले परराष्ट्रमन्त्री डा खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।