नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते – Nepal Press

नुवाकोटमा बस दुर्घटना, ३० जना घाइते

नुवाकोट । नुवाकोटको किस्पाङमा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएको छन् । घाइतेहरुलाई स्थानीय अस्पताल लगिएको छ ।

नुवाकोट प्रहरीका अनुसार भाल्चेबाट काठमाडों आउँदै गरेको बस किस्पाङ -५ स्थित मानेगाउँमा दुर्घटनाग्रस्त भएको हो । बस सडक छेउको नालीमा खसेर भित्तामा ठोक्किएको बताइएको छ । थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *