बडादसैंले सबैमा सकरात्मक ऊर्जा बढाओस् : राष्ट्रपति भण्डारी – Nepal Press

बडादसैंले सबैमा सकरात्मक ऊर्जा बढाओस् : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैंका अवसरमा सन्देश दिदैं नेपाली समाजमा सद्भाव र सहिष्णुता बृद्धिको कामना गरेकी छिन् ।

भण्डारीले शुभकामना सन्देशमार्फत नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशर्मीको बडा दसैं पर्वभित्र विशेष महत्व रहेको उल्लेख गरेकी छिन् ।

‘यस प्रकारका चाडपर्वहरुबाट नेपाली समाजको मौलिक पहिचानको रुपमा रहेको जातीय, भाषिक, भौगोलिक, सामाजिक र सांस्कृतिक विविधता बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास लिएको छु’, राष्ट्रपति भण्डारी भनेकी छन् ।

बडादसैंले सैबमा नयाँ उत्साह, उमंग र सकरात्मक ऊर्जा थप्ने विश्वासका साथ कोभिड १९ को मापदण्डहरु पालना गरी होसियारीपूर्वक दसैं मनाउन समेत राष्ट्रपति भण्डारीले आग्रह गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *