मुगुको बस दुर्घटनामा २६ जनाको मृत्यु – Nepal Press

मुगुको बस दुर्घटनामा २६ जनाको मृत्यु

काठमाडौं । मुगुमा आज दिउँसो भएको बस दुर्घटनामा २६ जनाको मृत्यु भएको छ । मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस २ सय मिटर तल खसेको थियो ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको हो । हालसम्म २६ जनाको मृत्युको भएको नगरपालिकाका प्रमुख हरि जंङ्ग शाहीले नेपाल प्रेसलाई जानकारी दिए । करिब २५–२६ जना घाइते भएको उनले बताए ।

प्रदेश प्रहरी कार्यालयबाट डीएसपीसहतिको टोली अहिले घटनास्थलमा उद्दारमा सक्रिय छ ।

घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले नेपालप्रेसलाई बताए । सुर्खेतबाट सेनाको हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरिरहेको र बाँकीलाई एम्बुलेन्सबाट अस्पताल पुयाइरहेको उनले बताए ।

घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *