नेकपा एसका चार मन्त्री फिक्स, राज्यमन्त्रीमा भवानी कि कृष्णलाल ? – Nepal Press

नेकपा एसका चार मन्त्री फिक्स, राज्यमन्त्रीमा भवानी कि कृष्णलाल ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चार मन्त्रीमा विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पठाउने भएको छ ।

केन्द्रीय सचिवालयको बैठकले राज्यमन्त्रीमा भवानी खापुङलाई पठाउने निर्णय गरे पनि उनले फुल मन्त्री नपाए सरकारमा नजाने बताएका छन् ।

नेकपा एसका एक पदाधिकारीका अनुसार विरोध खतिवडालाई सहरी विकास, प्रेम आलेलाई पर्यटन, रामकुमारी झाँक्रीलाई स्वास्थ्य र किसान श्रेष्ठलाई श्रम मन्त्री बनाउने तयारी छ ।

भवानी खापुङले राज्यमन्त्री अश्वीकार गरे कृष्णलाल महर्जनलाई पठाइने सम्भावना रहेको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर