कसरी छान्ने दसैंका लागि स्वस्थ खसीबोका ? – Nepal Press

कसरी छान्ने दसैंका लागि स्वस्थ खसीबोका ?

काठमाडौं । नेपालीहरुको ठूलो चाड दसैं नजिकिइसकेको छ । धार्मिक, साँस्कृतिक महत्वसँगै दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रुपमा पनि लिइन्छ ।

मासु खानेहरुले दसैंमा अघिपछिभन्दा धेरै खाने गरेका छन् । धेरैले घरमै खसी, बोका, च्याङग्रा, भेडा आदि काटेर मासु खाने गरेका छन् ।

सरकारले समेत उपभोक्ताले सहजरुपमा खसीबोका पाउन् भनेर खाद्य कम्पनीमार्फत बिक्री गर्ने गरेको छ । तर, दसैंका लागि खसीबोका छान्दा धेरै कुरामा ध्यान पुर्याउनु पर्छ ।

खसीबोका छान्दा ध्यान दिनुपर्ने कुराहरु–

– काठमाडौं उपत्यकामा ल्याइने खसीबोकाको सिङमा नीलो र रातो रंग लगाइएको हुन्छ । नीलो रंग लगाइएका खसी स्वस्थ हुन् भने रातो रंग लगाइएका अस्वस्थ हुन् ।

काठमाडौं भित्रिएका खसीबोकाको स्वस्थ्य परीक्षण कलंकीमा पशुचिकित्सकहरुले गर्ने गर्दछन् । विभिन्न खसीबोका बिक्रीस्थलमा गएरसमेत प्रत्येक दिन बिहान पशु चिकित्सकले स्वस्थ्य परीक्षण गर्ने गरेका छन् ।

– नेपाल चौपाया खरिदबिक्री तथा कृषि फार्म ग्रुपका अध्यक्ष दिपक थापाले दसैंका लागि किन्ने खसीबोकाको ढाड छामेर पनि गुणस्तरबारे बुझ्न सकिने बताएका छन् । उनका अनुसार ढाड मोटो भएका खसीबोका स्वादिलो र स्वस्थ हुन्छ ।

– हेर्दा टाठो देखिने खसीबोका पनि स्वस्थ मानिन्छन् । आँखामा कचेरा नलागेको, नाकबाट सिंगान नबगेको र भुँडी नढाडिएको खसीबोका स्वस्थ हुने थापाले बताए ।

– छोटो कान भएका लोकल खसीबोका मासुका लागि राम्रो मानिन्छ ।

खसीबोका व्यापारी राम घिमिरेले दसैंको बेला व्यापारीले पनि सकेसम्म स्वस्थ खसीबोका खोजेर ल्याउने गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर