एमाले अध्यक्ष ओली कार्यकर्तालाई सम्बोधन गर्न नेपालगञ्ज जाँदै – Nepal Press

एमाले अध्यक्ष ओली कार्यकर्तालाई सम्बोधन गर्न नेपालगञ्ज जाँदै

रूपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नेपालगन्ज जाँदैछन् । बाँके र बर्दिया जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज जान लागेका हुन् ।

नेपालगन्जको तारे होटल सिद्धार्थ भ्यूमा राखिएको अगुवा कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष किस्मत कुमार कक्षपतीले जानकारी दिए ।

भेलालाई अध्यक्ष ओलीसहित लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरी लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

भदौ ३० गते प्रदेशको मुकाम बुटवलमा खुल्ला चौरमा अगुवा कार्यकर्ता भेला राखिए पनि बाँकेमा भने तारे होटलमा कार्यक्रम राखिएको छ । लुम्बिनी प्रदेशमा पार्टी विभाजनपछि ओलीको दोस्रो कार्यक्रम हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर