देउवा सरकारले ब्यूँतायो सुकुम्बासी आयोग, अध्यक्षमा निरौला नियुक्त – Nepal Press

देउवा सरकारले ब्यूँतायो सुकुम्बासी आयोग, अध्यक्षमा निरौला नियुक्त

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरेको छ । राष्ट्रिय भूमि आयोगका नाममा गठित आयोगमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई अध्यक्ष नियुक्त गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो । देउवा सरकारले कार्यकालको सुरुआतमै साे आयोग विघटन गरेको थियो ।

आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेर काम गरिरहेको बेला देउवा सरकारले भंग गरेको थियो । प्रमुख प्रतिपक्षी एमालेले आयोग भंग गरेर सरकारले भूमिहीनमाथि अन्याय गरेको आरोप लगाएको थियो । यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर