शनिवार १२ सय कोरोनाभाइरस संक्रमित थपिए, ९ जनाको मृत्यु – Nepal Press

शनिवार १२ सय कोरोनाभाइरस संक्रमित थपिए, ९ जनाको मृत्यु

२१ सय संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ८७५ वटा नमूना (पीसीआर ६,७५३ र एन्टीजेन ३,१२२) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार ९ जनाको मृत्यु भएको छ भने २१ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा १ लाख ७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

हालसम्म मुलुकमा ३१ हजार ८ सय २६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ८१८ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ५५४ जना, भेन्टिलेटरमा १७२ जना, होम आइसोलेशनमा २९,६५८ जना, संस्थागत आइसोलेशनमा २,१६८ र क्वारेन्टाइनमा २७४ जना रहेको तथ्यांकमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर