स्वास्थ्य मन्त्रालयले भन्यो : नेपालमा खोपको प्रभावकारीता ९० प्रतिशत – Nepal Press

स्वास्थ्य मन्त्रालयले भन्यो : नेपालमा खोपको प्रभावकारीता ९० प्रतिशत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा लगाइराखेको कोभिड-१९ विरुद्धको खोप ९० प्रतिशत प्रभावकारी भएको बताएको छ ।

एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिवडी देखिएको मन्त्रालयले बताएको हो ।

कोभिड १९ संक्रमणको अवस्थालाई सूक्ष्म विश्लेषण गरी आवश्यक कार्ययोजना बनाउन मन्त्रालयले देशभरीका ६ महिना भन्दा बढी उमेरका व्यक्तिहरुलाई समेटी २०७८ असार २१ गते देखि साउन ३० गतेसम्ममा संकलित नमूनाहरु मध्ये १३,१६१ जनाको परिक्षण गरी विश्लेषण गरेको थियो ।

संकलित नमूनाहरु मध्ये १३,१६१ जनाको परीक्षण गर्दा देशभरी ६८.६ प्रतिशत नमूनामा कोभिड-१९ एन्टिवडी देखिएको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,‘एक मात्रा मात्र खोप लगाएका व्यक्तिहरु ८० प्रतिशतमा र पूर्ण मात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिवडी देखिएको छ जसले हामीले लगाईराखेका खोपहरु अत्यन्त प्रभावकारी रहेको देखिन्छ । भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायमै रहेकोले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक मात्र प्रभावकारी उपाय हो । जुन हालको अवस्थामा समेत निकै सान्दर्भिक छ। ’

साथै भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम रहेकोले संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर