काबुल पुगेर सीआइए निर्देशकले भेटे तालिवानी उच्च नेता बरदारी, काबुल छाड्ने समयसीमा बढाउन अमेरिकी आग्रह – Nepal Press

काबुल पुगेर सीआइए निर्देशकले भेटे तालिवानी उच्च नेता बरदारी, काबुल छाड्ने समयसीमा बढाउन अमेरिकी आग्रह

काबुल । अमेरिकी खुफिया एजेन्सी सीआइएका निर्देशक विलियम जे बन्र्स र उच्चस्तरीय तालिवान नेता अब्दुल घानी बरदारबीच सोमबार काबुलमा भेटवार्ता भएको वासिङ्टन पोस्टले जनाएको छ ।

अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि तालिवान नेता र बाइडेन प्रशासनका प्रतिनिधिबीच फेस–टु–फेस उच्चस्तरीय वार्ता भएको जनाइएको छ ।

बरदारीसँग छलफल गर्न बाइडेनले सीआइए निर्देशक, विदेश नीतिका एक विज्ञ र आफ्नो मन्त्रिमण्डलका एक सदस्यलाई काबुल पठाएको समेत वासिङ्टन पोस्टले जनाएको छ ।

काबुलबाट आफ्ना नागरिकलाई उद्दार गर्न निकै कठिनाइ भैरहेको कुरा बाइडेनले बताइरहँदा सीआइए र तालिवानका उच्चस्तरीय नेताबीचको वार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सीआइएले प्रारम्भिक प्रतिक्रिया अस्वीकार गरेपनि यी दुईबीचको वार्ता काबुलबाट अमेरिकी र साझेदार मुलुकका नागरिकलाई उद्दार गर्नको लागि काबुल छाड्ने समयसीमा बढाउनेबारे केन्द्रित रहेको दावी गरिएको छ ।

अमेरिकाका साझेदार मुलुकहरुले काबुल छाड्ने समयसीमा बढाउन अमेरिकालाई दबाब दिँदै आएका छन् । आजै यसबारे जी–सेभेनको बैठकमा समेत छलफल हुने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर