अमेरिकालाई तालिवानको चेतावनी : अफगानिस्तान छाड्ने समयसीमा लम्बिए त्यो उल्लंघन हुनेछ – Nepal Press

अमेरिकालाई तालिवानको चेतावनी : अफगानिस्तान छाड्ने समयसीमा लम्बिए त्यो उल्लंघन हुनेछ

काबुल । बेलायत र अमेरिकाले अफगानिस्तान छाड्ने समयसीमा लम्ब्याउने योजना बनारहँदा तालिवानले त्यसो गरिए त्यो उल्लंघन हुने चेतावनी दिएको छ ।

बीबीसीसँग कुरा गर्दै तालिवान प्रवक्ता मोहम्मद सुहेल साहिनले विदेशी शक्तिहरुले तोकिएको ३१ अगस्टकै समयसीमा अफगानिस्तान छाड्नुपर्ने बताए । ‘नत्र यो उल्लंघन हुन्छ’ उनले भने ।

ठूला सात औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेनको आपतकालिन बैठकले अफगानिस्तान छाड्ने अमेरिकी समयसीमालाई लम्ब्याउन राष्ट्रपति बाइडेनलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

हजारौं अफगानीसहितका विदेशी नागरिकले काबुल छाड्न हतार गरिरहेका बेला जी-सेभेन मुलुकले उद्दारका लागि पनि समयसीमा बढाउनुपर्ने आग्रह गरेका थिए ।

विदेशी शक्तिहरु काबुलबाट बाहिरिए कहिलेदेखि पुनः काबुल विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु गर्न अनुमति दिइनेछ भन्ने कुरा अझै निश्चित नभएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर