स्याललाई ताकेर बाबुले गोली हान्दा छोराको मृत्यु ! – Nepal Press

स्याललाई ताकेर बाबुले गोली हान्दा छोराको मृत्यु !

रूपन्देही । स्याललाई हानेको गोली आफ्नै छोरालाई लाग्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा एक जनाको मृत्यु भएको छ । बाबुले चलाएको गोली लागेर रिब्दीकोटको तल्लोताल गाउँका धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोली लागेको थियो । छोरा लम्तरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकैबारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको प्रहरी समक्ष बयान दिएका हुन् । घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरेको र कर्णबहादुरलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर