मंगलबार ४९ सय कोभिड संक्रमित थपिए, ३५ जनाको मृत्यु – Nepal Press

मंगलबार ४९ सय कोभिड संक्रमित थपिए, ३५ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १२२६ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४९०४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ (५९०६ एन्टीजेन र १३२१७ पीसीआर) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मंगलबार थप ३५ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । मृत्युदर ५.१८ प्रतिशत पुगेको छ । २११५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या उकालो लाग्दै ३७ हजार ३३२ पुगेको छ ।

काठमाडौं उपत्यकामा आज १,१८६ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख २० हजार, कूल मृत्यु १० हजार १५० र कूल निको हुने संख्या ६ लाख ७३ हजार पुगेको छ । अहिलेसम्म २७ लाख २२ हजार जनाले पूर्ण डोज खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर