स्वास्थ्य राज्यमन्त्रीसँग नाम नजोड्न जनमैत्री अस्पतालको आग्रह – Nepal Press

स्वास्थ्य राज्यमन्त्रीसँग नाम नजोड्न जनमैत्री अस्पतालको आग्रह

काठमाडौं । बालाजुस्थित जनमैत्री अस्पतालले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग आफ्नो नाम नजोड्न अपिल गरेको छ । अस्पतालले सूचना जारी गर्दै राज्यमन्त्री श्रेष्ठले आफ्ना सबै व्यवसायबाट अलग भएको घोषणा गरिसकेकाले नाम जोडेर प्रचार नगर्न आग्रह गरेको हो ।

७ वर्षदेखि बन्द रहेको उक्त अस्पताललाई राज्यमन्त्री श्रेष्ठले नै संचालनमा ल्याएका हुन् । विसं २०७० चैतदेखि मुनाफा वितरण नगर्ने मोडलमा उक्त अस्पताल सन्चालनमा ल्याइएको उल्लेख छ । गतसाता राज्यमन्त्री श्रेष्ठले आफू सबै व्यवसायबाट अलग भएको र कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए ।

सञ्चालनमा आएको पाँच महिना भएपनि भवनको केही भाग निर्माणकै क्रममा रहेकोले व्यवसाय सुचारु गर्न आवश्यक प्रशासनिक र नियामकीय प्रक्रिया पूरा गर्ने काम अघि बढीरहेको अस्पतालले जनाएको छ ।

कर तिर्ने लगायत प्रयोजनका लागि वडा र महानगरपालिकासंग समन्वय गरी नियमानुसार सम्पूर्ण कर चुक्ता गर्ने प्रक्रिया अघि बढीसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सामाजिक संजालमा स्वास्थ्य राज्यमन्त्री विभिन्न पेशामा आबद्ध भएकाले स्वार्थ बाझिन सक्ने भन्दै विरोध हुने गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर