परीक्षा नरोक्न सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनको माग – Nepal Press

परीक्षा नरोक्न सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनको माग

काठमाडौं । सत्तारुढ गठबन्धननिकट पाँच विद्यार्थी संगठनले परीक्षा स्थगन गरेरमात्र समस्या समाधान नहुने भन्दै विद्यार्थीलाई छिटोभन्दा छिटो कोरोनाविरुद्धको खोप व्यवस्था गर्न माग गरेका छन् ।

स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर उनीहरूले यस्तो आग्रह गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जनकारी दिए।

स्वास्थ्य मापदण्डको पालना गरेर परीक्षा सुचारु गर्नुपर्ने उनकीहरूको माग छ । विद्यार्थीलाई परीक्षामा सहभागी हुन पनि विद्यार्थी संगठनको आव्हान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर