वासिङ्टनमा दूतावासले थाल्यो मोबाइल घुम्ती सेवा – Nepal Press

वासिङ्टनमा दूतावासले थाल्यो मोबाइल घुम्ती सेवा

वासिङ्टन । अमेरिकी सहर वासिङ्टनको सियाटलबाट नेपाली घुम्ती सरकारी सेवा सुरु भएको छ । राजदूत युवराज खतिवडाले आइतबारदेखि मोबाइल घुम्ती काउन्सिलर सेवाको थालनी गरे ।

राहदानी, कागजपत्र नवीकरण र संकलन र राजदूतको तहबाट प्रदान गरिने सेवा उपलब्ध हुने दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ । राजदूत खतिवडाले सियाटल सरहका नेपाली व्यवसायी र उद्योगीसँग अन्तक्रिया पनि गरेका छन् ।

आइतबार राजदूत खतिवडाले सियाटलमा ब्रेन गेन अन्तक्रियामा समेत सहभागिता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *