सीसीएमसीसँग छलफल गर्दै काठमाडौं उपत्यकाका तीनैजना सीडीओ – Nepal Press

सीसीएमसीसँग छलफल गर्दै काठमाडौं उपत्यकाका तीनैजना सीडीओ

केही क्षेत्रलाई कडाइ गर्ने तयारी

काठमाडौं । कोरोनाभाइरस संक्रमण र मृत्युदर ह्वात्तै बढेपछि काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गर्दैछन् ।

भाइरस संक्रमणको पछिल्लो अवस्थाबारे मंगलबार बिहान सीसीएमसीसँग छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

सीडीओ पराजुलीका अनुसार सीसीएमसीसँगको छलफल लगत्तै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारहरुको बैठक पनि बस्ने तयारी छ । साउन २७ गतेपछि भीडभाड हुने क्षेत्रहरुलाई कडाइ गर्ने तयारीबारे छलफल भएको सीडीओ पराजुलीले जनाए ।

आइतबार मात्रै ५५ जनाको मृत्यु भएको छ जुन ४६ दिन यताकै सबैभन्दा उच्च हो । ‘मास्क लगाउने र सामाजिक दूरी पालना गर्नेबारे अहिलेको अनुगमनलाई कडाइ तुल्याउँदै केही क्षेत्रमा कडाइ गर्ने तयारी भएको छ’ सीडीओ पराजुलीले भने ।

सीसीएमसीले स्मार्ट लकडाउन गर्न यसअघि नै सुझाव दिइसकेको छ । सोही सुझावको आधारमा अघि बढ्ने तयारीमा जिल्ला प्रशासनहरु छन् । अहिलेको जारी निषेधाज्ञा साउन २७ गतेसम्म कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर