प्रधानमन्त्री देउवाको आह्वान : अति आवश्यक परे मात्रै बाहिर निस्किऊँ, मुख र नाख छोपिने गरि मास्क लगाऊँ (भिडियो) – Nepal Press

प्रधानमन्त्री देउवाको आह्वान : अति आवश्यक परे मात्रै बाहिर निस्किऊँ, मुख र नाख छोपिने गरि मास्क लगाऊँ (भिडियो)

दलहरुलाई भीडभाड हुने कार्यक्रम नगर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अतिआवश्यक परे मात्रै घरबाहिर निस्कन नागरिकहरुलाई आग्रह गरेका छन् । आजदेखि शुभारम्भ भएको मास्क अभियानका लागि गरेको भिडियोमा सम्बोधनमा देउवाले मास्कको उचित प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आह्वन गरेका छन्।

उनले सम्पूर्ण राजनीतिक दल र निजी क्षेत्रलाई भिडभाड हुने भेला आयोजना नगर्न समेत आग्रह गरेका छन्। स्वाथ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले मास्क अभियानको शुभारम्भ गरेका छन् । अभियानको शुभारम्भ गर्दैै उनले मास्कको उचित प्रयोग नभएकाले अभियानमार्फत मास्क लगाउन प्ररेति गर्नुपर्ने बताए।

साउन २९ गतेसम्म मुलुककै ७७ वटै जिल्लामा मास्क लगाउन प्रेरित गर्ने जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित मास्क अभियान शुभारम्भ कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य संगठनका नेपाल निर्देशक डा. राजेश पाण्डवले पाँचवर्ष माथिकालाई अनिवार्य मास्कको प्रयोग गराउन सरकारलाई सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर