नेपाल मिडिया अवार्ड आयोजना हुने – Nepal Press

नेपाल मिडिया अवार्ड आयोजना हुने

काठमाडौं । ड्रीमहाई नेपालको आयोजनामा नेपाल मिडिया अवार्ड २०७८ आयोजना हुने भएको छ । अध्यक्ष कमल जिसीले विज्ञप्ति जारी गर्दै एफएम, टेलिभिजन, युट्युव, अखबार र अनलाइनका विधालाई समेटेर अवार्ड गर्न लागिएको जनाएका छन् ।

‘सेलिव्रेटिङ विथ चेन्जमेकर्स’ नाराका साथ हुने अवार्ड चाँडै आयोजना गरिने जानकारी समेत दिइएको छ । मिडियाका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा काम गर्नेहरुको सूची तयार पारी सार्वजनिक गरिने समेत विज्ञप्तिमा जनाइएको छ ।

मनोनित हुने कार्यक्रम, प्रस्तोता र समाचारलाई मिडियाका विज्ञसहितको निर्णायक टोलीले मूल्यांकन गरी विजेता घोषणा गरिने आयोजकले जनाएको छ । ड्रीमहाई नेपालले यसअघि नेपथ्य र अनमोल केसीको कन्सर्ट, नेफ्टा फिल्म अवार्ड आयोजना गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *