करणी आरोपमा युवक पक्राउ, बालिका गर्भवती भएपछि रहस्य खुल्यो – Nepal Press

करणी आरोपमा युवक पक्राउ, बालिका गर्भवती भएपछि रहस्य खुल्यो

रुपन्देही । छिमेकी घरमा आएकी बालिकालाई करणी गरेको आरोपमा बुटवलमा एक युवा पक्राउ परेका छन् । बुटवल ११ बुद्धनगरका २६ वर्षीय सुरज परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वौद्धिक अपाङ्गता रहेकी १४ वर्षीय बालिकालाई गत चैत १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेकी परियारले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बालिकाको दिदीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन् । पीडित परिवारले प्रहरीमा उजुरी गरेलगत्तै बुधबार साँझ नै आरोपित युवालाई पक्राउ गरिएको कुवँरले बताए ।

जबरजस्ती करणीपछि बालिका गर्भवती भएपछि उनकी दिदीले सोधखोज गर्दा घटनाको रहस्य पत्ता लागेको हो । आरोपित युवालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना चैत १२ गतेको रहेछ, तर बल्ल परिवारले पत्ता लगाएर उजुरी गरेपछि पक्राउ गरिएको प्रहरी प्रमुख कुवँरले बताए ।


प्रतिक्रिया

One thought on “करणी आरोपमा युवक पक्राउ, बालिका गर्भवती भएपछि रहस्य खुल्यो

  1. फासी को सजाय दिनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *