एमाले कार्यदलको वार्ता निष्कर्षउन्मुख, भोलि टुंगोमा पुग्ने सहमति – Nepal Press

एमाले कार्यदलको वार्ता निष्कर्षउन्मुख, भोलि टुंगोमा पुग्ने सहमति

काठमाडौं । जारी विवाद टुंग्याउन बसेको नेकपा एमालेको कार्यदलको आजको बैठक सकिएको छ । बैठक निष्कर्षउन्मुख भएको वार्ता टोलीका सदस्य नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार वार्ता भोलिसम्ममा एउटा निष्कर्षमा पुग्नेछ । थप तयारीसहित भोलि ११ बजे फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको ओली पक्षबाट वार्तामा सहभागी नेता सुवास नेम्वाङले बताए । बैठकमा अध्यक्ष र वरिष्ठ नेतासँगको छलफलपछि टुंगोमा पुग्ने सहमति भएको उनले बताए ।

कार्यदल बैठकमा जानुअघि नेता भीम रावलले माधवकुमार नेपालसँग भेट गरेका थिए ।

एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेता लागिपरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर