बाढीपहिरो र डुबानमा परी ३८ को मृत्युः ५१ जना घाइते, २४ बेपत्ता – Nepal Press

बाढीपहिरो र डुबानमा परी ३८ को मृत्युः ५१ जना घाइते, २४ बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३-३ जना, चितवन, तनहुँ, प्युठान र रौतहटमा २-२ जना, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १-१ जना रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी ५१ जना घाइते भएका छन् । तीमध्ये २७ जना पुरुष, १२ जना महिला, ९ जना बालक र ३ जना बालिका रहेका छन् ।

उनीहरुमध्ये तनहुँमा १० जना, सिन्धुपाल्चोक र रोल्पामा ५-५ जना, खोटाङ, सर्लाही, धादिङ, कास्की, म्याग्दी र डोटीमा ३-३ जना, जुम्ला र गोरखामा २-२ जना, पाँचथर, रौतहट, स्याङ्जा, धनुषा, चितवन, हुम्ला, अछाम, दार्चुला र सल्यानमा १/१ जना रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ ।

बाढी पहिरोमा परी २४ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *