अछाममा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु – Nepal Press

अछाममा ट्याक्टर दुर्घटनामा हुँदा एक जनाको मृत्यु

कैलाली । ट्र्याक्टर दुर्घटनामा हुँदा अछाममा एक जनाको मृत्यु भएको छ। अछामको बान्नीगढी जयगढ गाउँपालिका र -४ तिमिल्सैन नावली नजिकै ट्र्याक्टर दुर्घटना हुँदा २४ वर्षीया सहचालक खकेन्द्र बोहराको मृत्यु भएको हो ।

गाउँपालिकाको केन्द्र जयगढ बजारबाट- ४ तिमिल्सैन तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००त ४४१२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएको बोहराको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका बोहराको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा परि पूर्ण ठकुल्ला घाइते भएको छन् । उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *