किसानलाई मल अभाव हुन दिन्नँः मन्त्री यादव – Nepal Press

किसानलाई मल अभाव हुन दिन्नँः मन्त्री यादव

रुपन्देही । लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय बहादुर यादवले प्रदेशका किसानलाई मल अभाव हुन नदिने बताएका छन् ।

विगतका वर्षमा किसानलाई समयमा मल नपाएको गुनासो धेरै आएकोले अहिले त्यो अवस्था आउन नदिने उनको भनाइ छ ।

लु्म्बिनी प्रदेश धान उत्पादनका लागि अगाडि रहेकाले यो समयमा किसानलाई आवश्यक मल उपलब्ध गराउने विशेष जिम्मेवारीका साथ प्रदेश सरकार लागेको मन्त्री यादवले बताए । आउँदा दिनमा मल अभाव हुन नदिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

धान रोपाइँ गर्दैगर्दा मन्त्री यादवले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रदेशभर धान खेती हुने सबै क्षेत्रमा रोपाइँ गर्ने वातावरण मिलाएको बताउँदै उनले लुम्बिनी प्रदेशलाई कृषिमा अगाडि बढाउनको लागि विभिन्न योजना अगाडि बढाएको बताए ।

मल वितरणमा केही अनियमितता भएको भन्ने खबर आएको बताउँदै यसलाई अनुगमन गरेर व्यवस्थापन गर्ने मन्त्री यादवले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *