काठमाडौंमा अत्यावश्यक सवारीसाधनमा पनि जोर-बिजोर लागू हुने – Nepal Press

काठमाडौंमा अत्यावश्यक सवारीसाधनमा पनि जोर-बिजोर लागू हुने

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा सुरु भएको जोर-बिजोर नियम अत्यावश्यक काममा प्रयोग हुने सवारीसाधनमा पनि लागू हुने भएको छ ।

एम्बुलेन्स र औषधी बोकेका सवारी साधनबाहेक अन्य अत्यावश्यक काममा प्रयोग हुने साधनमा पनि जोर विजोरको नियम लागु हुने ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

प्रेसका सवारी साधनको हकमा पनि जोर-बिजोर लागू हुने उनले जनाए । ‘प्रेस पासको दुरुपयोग गर्दै अन्य सामान पनि ढुवानी गरेको भेटियो’ ललितपुर सीडीओ निरौलाले भने, ‘प्रेसलाई पनि यसपटक कडाइ गरेका छौं ।’

प्रशासनले तोकेको समयमा मात्र जोर-बिजोर नियम पालना गर्न उनले आग्रह गरे । ‘हामीले ढुवानीका लागि निश्चित समय तोकेका छौं र दिउँसै ढुवानी गर्नुभएन’ सीडीओ निरौलाले भने ।

प्रशासनले मंगलबार उपत्यकाका विभिन्न स्थानमा अनुगमन गर्दै जोर विजोर नियमलाई थप कडाइ तुल्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर