नेपालले बोलाए आफ्नो समूहको स्थायी समिति बैठक – Nepal Press

नेपालले बोलाए आफ्नो समूहको स्थायी समिति बैठक

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहको स्थायी कमिटी बैठक बोलाएका छन् । उनले आफूनिकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाएका हुन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेअघिको स्थायी कमिटी बैठक बोलाउने चर्चा चलिरहेको बेला समूहको रणनीति तय गर्न नेपालले बैठक डाकेको बुझिएको छ ।

नेपालले हालै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग त्रिपक्षीय छलफल गरेका थिए भने जनता समाजवादी पार्टीका डा. बाबुराम भट्टराईसँग पनि भेटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर