ठोस कार्ययोजना ल्याएर निगमलाई नाफामा लैजान पर्यटनमन्त्रीको निर्देशन – Nepal Press

ठोस कार्ययोजना ल्याएर निगमलाई नाफामा लैजान पर्यटनमन्त्रीको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगमलाई गुमेको बजार पुनः प्राप्त गर्नका लागि ठोस कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।

मन्त्री अरगरियाको स्वागतमा आयोजित कार्यक्रममा उनले निगमसँग भएका विमानहरूको पूर्ण उपयोग गरी नाफामा लैजान आग्रह गरे । साथै, निगमको साखः जोगाउनका लागि योग्य र दक्ष जनशक्ति उचित उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा निगमका महाप्रवन्धक डिमप्रसाद पौडेलले भविष्यका कार्ययोजनाबारे मन्त्रीसमक्ष जानकारी गराए । पर्यटन मन्त्रालयका सचिव यादव कोइरालाले निगमले परम्परागत ढंगमा भन्दा पनि नयाँ मोडेल ल्याएर निगमलाई प्रगतितर्फ लैजान सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *