आइतबार र बिहीबार सहकारी र रेमिट खुल्न पाउने – Nepal Press

आइतबार र बिहीबार सहकारी र रेमिट खुल्न पाउने

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा अवधिमा सातामा दुई दिन सहकारी संस्था तथा रेमिटहरु खुल्न पाउने भएका छन् ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सीडीओहरुको बैठकले आइतबार र बिहीबार सहकारी संस्था खोल्न दिने निर्णय गरेको हो ।

बीमा समिति तथा बीमा कम्पनी र धितो पत्र बोर्डले आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र प्रयोग गरी कार्य संचालन गर्न पाउने भएका छन् ।

सीमित संख्यामा कर्मचारी व्यवस्थापन गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले बैंकिङ कारोबार गर्न पाउने भएका छन् । यी सबै नियमको अनुगमन चाहिँ जिल्ला प्रशासनले गर्ने भएको छ ।

यो आदेश असार १ गतेदेखि सात गते मध्यरातसम्म लागु हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर