राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्यो : सरकारका दीर्घकालीन काममा साथ नदेऊ – Nepal Press

राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्यो : सरकारका दीर्घकालीन काममा साथ नदेऊ

काठमाडौं । विपक्षी गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतलाई असर पार्ने दीर्घकालिन प्रकृतिका काम नगर्न चेतावनी दिएको छ ।

यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायहरुलाई गठबन्धनले आग्रह समेत गरेको छ । गठबन्धनमा संलग्न पाँच नेताहरुले विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गरेका उनीहरुले नेपालको संवैधानिक व्यवस्थामाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एैक्यवद्धता जनाउन सबैसँग आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न नर नगराउन चेतावनी दिँदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अंगहरुलाई समत आग्रह गर्दछौं ।’ विज्ञप्तिमा शेरबहादुर देउवा , प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

One thought on “राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्यो : सरकारका दीर्घकालीन काममा साथ नदेऊ

  1. हे लठुवा हो ! आफुले त गरेनौ-गरेनौ कम्तीमा अरुले गरेका बिकासका कामको त सम्मान गर ,चाहे दीर्घकालीन होस् चाहे अल्पकालीन विकासका योजना सफल हुँदा तिमिहरुको बाउको चाहिँ के जान्छ हो सामन्ती हो !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर