म्याग्दीमा थपियो निषेधाज्ञा – Nepal Press

म्याग्दीमा थपियो निषेधाज्ञा

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अधक्ष्यतामा बसेको डीसीसीएमसीको भर्चुअल बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यसअघि जिल्लामा निषेधाज्ञाको पछिल्लो समय सोमबार राति १२ बजे सकिँदै छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार जिल्लाभित्र कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि संक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञाको अवधिमा हाल सातामा आइतरबार, बुधबार वित्तिय संस्था खोल्ने तरकारी खाद्यान्न, बिउबिजन, कृषि औजार, निर्माण सामग्रीका पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म खुल्ला रहने र निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *