दुई न्यायाधीशको राय- ऋषि कट्टेल र संसद विघटनको मुद्दाबीच कुनै सम्बन्ध छैन (रायसहित) – Nepal Press

दुई न्यायाधीशको राय- ऋषि कट्टेल र संसद विघटनको मुद्दाबीच कुनै सम्बन्ध छैन (रायसहित)

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले नेकपा एकता बदर सम्बन्धी फैसला र त्यसको पुनरावलोकनमा संलग्न भएकै आधारमा आफूहरु संवैधानिक इजलासमा बस्न नमिल्ने जिकिरसँग सहमत हुन नसकिने राय पेश गरेका छन् ।

संवैधानिक इजलासमा दुई न्यायाधीशले अलग-अलग रुपमा पेश गरेको रायमा ऋषिराम कट्टेल समेत भएको मुद्दाको विषयवस्तु दलको नाम सम्बन्धको भै सो सम्बन्धमा निर्णय भइसकेकोले संसद विघटनको मुद्दासँग यसको सम्बन्ध नरहेको बताएका छन् ।

दुवै न्यायाधीशले आफूहरु संवैधानिक इजलासमा बस्न नमिल्ने तर्कसँग सहमत नभएको राय पेश गरेपछि अन्य दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराईले फरक रायसहित इजलासबाट बाहिरिने निर्णय सुनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *