कास्कीमा निषेधाज्ञा नमाने व्यक्तिलाई एक र संस्थालाई पाँच लाखसम्म जरिवाना – Nepal Press

कास्कीमा निषेधाज्ञा नमाने व्यक्तिलाई एक र संस्थालाई पाँच लाखसम्म जरिवाना

पोखरा । कास्कीमा निषेधाज्ञा उल्लंघन गर्ने संस्थालाई प्रशासनले ५ लाख जरिवाना तिराउने भएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीको मंगलबार बसेको बैठकले निषेधाज्ञा उल्लंघन गर्नेलाई कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले जेठ ६ गते कोभिड संकट व्यवस्थापन अध्यादेश जारी गरेको थियो । निषेधाज्ञा अवधिमा अध्यादेश बमोजिम काम गर्न बाधा अवरोध पुर्‍याएमा ५ लाख रुपैयाँ र एक वर्षसम्म जरिवाना हुन सक्ने जिल्ला प्रशासन कार्यालय कास्कीको सूचनामा उल्लेख छ ।

त्यस्तै, अध्यादेशअनुसार मापदण्ड पालना नगरेमा ६ महिना कैद र ३ लाख रुपैयाँसम्म वा दुवै सजाय हुन सक्ने सूचनामा उल्लेख छ ।

आदेश उलंघन गरेमा व्यक्तिलाई १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाएको छ । संस्थाले निषेधाज्ञा उल्लंघन गरेमा ५ लाख सम्म जरिवाना हुने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

साथै, मास्क नलगाई सार्वजनिक रुपमा हिँडड्ल गरे पटकै पिच्छे १ सय रुपैयाँ जरिवाना हुने जनाइएको छ । अनुमति बिना हिँड्ने २ पांग्रे सवारीलाई २ हजार र अन्य सवारी साधनमा ५ हजार रुपैयाँ जरिवाना हुने प्रशासनको सूचना छ ।

कास्कीमा बैशाख १५ देखि सुरु भएको लकडाउन जेठ १४ गतेसम्मका लागि लम्ब्याइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर