सुदूरपश्चिममा भयावह बन्दै कोरोना: एकैदिन १७ जनाको मृत्यु, सातामा २ हजार बढी संक्रमित थपिए – Nepal Press

सुदूरपश्चिममा भयावह बन्दै कोरोना: एकैदिन १७ जनाको मृत्यु, सातामा २ हजार बढी संक्रमित थपिए

कैलाली । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढेको छ । बिहीबार एकै दिन १७ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै उच्च हो ।

बिहीबार कञ्चनपुरमा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । कैलालीमा ६ जनाको मृत्यु भएको छ । बझाङ, अछाम र दार्चुलामा १–१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा ७९ को मृत्यु भएको । मृत्यु हुनेमा कन्चनपुर र कैलाली जिल्लाका धेरै छन् ।

बिहीबार १७ जनाको मृत्यु भएको प्रदेशमा बुधवार ११ जनाको मृत्यु भएको थियो । मंगलवार ८ जना, सोमबार १४ जना, आइतबार १२ जना, शनिवार १० जना र शुक्रवार ७ जनाको मृत्यु भएको हो ।

कञ्चनपुरमा मात्रै एक सातामा २९ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । कैलालीमा २५ जनाको ज्यान गएको छ ।

एक सातामा बाजुरामा १ जना, अछाम ४ ,डोटीमा १ जना, डडेल्धुरा २ बैतडी २ बझाङ ४ र दार्चुलाका २ जनाको मृत्यु भएको छ ।

२ हजार बढी संक्रमित थपिए

पछिल्लो एक सातामा सुदूरपश्चिम प्रदेशमा २ हजार बढी संक्रमित थपिएका छन् । प्रदेशमा ९ जिल्लामा २ हजार २ सय ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबै भन्दा धेरै संक्रमित बिहीबार फेला परेका थिए । बिहीबार परीक्षण गरिएका ५० प्रतिशत भन्दा बढीमा संक्रमण देखिएको हो । १ हजार २ सय ४५ जनाको परीक्षण गर्दा ६ सय २३ जनाम संक्रमण पुष्टि भएको थियो ।

बुधवार २ सय ५२ जना, मंगलबार ४ सय ४६ जना, सोमबार २ सय १ जना, आइतबार २ सय ६० जना, शनिवार ३ सय १७ जना र शुक्रवार १ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो एक सातामा प्रदेशमा २ सय ५५ जना निको भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *