माथिल्लो तामाकोशीको सुरुङमा पानी खस्यो, ४५६ मेगावाट विजुली उत्पादनको प्रधानमन्त्रीले उद्घाटन गर्ने – Nepal Press

माथिल्लो तामाकोशीको सुरुङमा पानी खस्यो, ४५६ मेगावाट विजुली उत्पादनको प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमा पानी खसाल्न शुरु गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले आज संयुक्त रुपमा पानी पठाउने कार्यको शुभारम्भ गरेका हुन् ।

दोलखाको लामावगरमा रहेको ४५६ मेघावाट विद्युत् क्षेमताको आयोजना हालसम्मकै सवैभन्दा ठूलो लगानीको परियोजना पनि हो ।

भौतिक पूर्वाधार नेम्बाङ र सञ्चारमन्त्री गुरुङले संयुक्तरुपमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशय, बाँध, इन्टेक र अन्य संरचनाहरुको अवलोकनसमेत गरेका छन् ।

त्यसैगरी मन्त्रीद्धयले चीन जोडने लामाबगर लप्ची सडकको सूरुङ मार्ग बनाउने स्थलको पनि निरीक्षण गरे ।

साथै लामाबगरको गोंगरस्थित विद्युत गृहको पनि अवलोकन गरेका छन् । केहीदिनभित्रै उक्त आयोजनाबाट विद्युत उत्पादन कार्य हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनभित्रै उक्त आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिक रुपमा उद्घाटन गर्नेछन् ।

यस आयोजनाको सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ उर्जामन्त्री टोपबहादुर रायमाझीसमेत जाने कार्यक्रम थियो । तर कोरोना संक्रमणका कारण उनी जान पाएनन् ।

देशको गौरव स्वदेशी लगानीको सबैभन्दा ठूलो र आधुनिक नेपालको महत्वपूर्ण आयोजनाबाट विद्युत उत्पादन गर्ने अवस्थामा पुग्नु आफैमा सुखद भएको मन्त्री पार्वत गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर