बलात्कार गरेको आरोपमा पक्राउ – Nepal Press

बलात्कार गरेको आरोपमा पक्राउ

उदयपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका-४ शान्तनगर बस्ने २९ वर्षीय दुर्गानन्द चौधरी रहेका छन् ।

उदयपुर बस्ने ती किशोरीलाई चौधरीले फागुन ११ गते छलकपट झुक्यानमा पारी भक्तपुर मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघर ठिमी पुर्‍याई जबरजस्ती करणी भन्दै पीडितले उजुरी दिएकी थिइन् ।

उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले चौधरीलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *