शुक्रबार एकै दिन एक हजारले घट्यो सुनको मूल्य – Nepal Press

शुक्रबार एकै दिन एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सनुको मूल्यमा एक हजारले कमी आएको छ । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज पनि घट्न पुगेको हो । आज छापावाला सुन प्रतितोला ८८,२०० रुपैयाँ कायम भएको छ ।

‘अन्तर्राष्ट्रियरुपमा कोभिडको असर कम हुँदै जाँदा विश्वअर्थतन्त्रका लगानीका अन्य क्षेत्रहरु चलायमान हुनथालेका छन् ।

जसले गर्दा सुनमा लगानी गर्ने प्रवृत्ति परिवर्तन सँगै यसको मागमा कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८७,७५० रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १,३०५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर