संवैधानिक इजलास : जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्यूरीले सुझाव दिने – Nepal Press

संवैधानिक इजलास : जवाफी बहस सकियो, भोलिदेखि एमिकस क्यूरीले सुझाव दिने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजदेखि जवाफी बहस सकिएको छ ।

रिटको पक्ष र विपक्षका वकिलहरूले बहस सकेपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको थियो ।

भोलि (मंगलबार) देखि एमिकस क्यूरीले सुझाव दिने अदालतले जनाएको छ ।

एमिकस क्यूरीको सुझावपश्‍चात फैसलाको प्रक्रिया शुरू हुनेछ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए ।

सबै रिटमाथि माघ ४ देखि बहस शुरू भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर